प्रधानमन्त्री देउवाको दाबी : चैतभित्रै मेलम्चीको पानी काठमाडौँ आउँछ



काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्रै मेलम्चीको पानी काठमाडौँ आउने दाबी गरेका छन् । गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स पुरिएको र सडक सबै भत्काएकाले पुनर्निर्माण गरेर आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं आउने देउवाले बताएका हुन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यसै वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यका ल्याउने बताएका हुन् । मेलम्ची खानेपानी आयोजना विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोलाई नै मेलम्ची पुनर्निर्माणको जिम्मा दिएको छ । आयोजनाले चैतभित्रै पानी राजधानी ल्याउने यसअघि नै जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्