विश्वकै खतरनाक भाइरस भएको ल्यापटप, जसको मूल्य करोडौँ



मोबाइलदेखि ल्यापटप सबैमा कुनै न कुनै प्रकारले भाइरस छिरेको हुन्छ । ल्यापटमा भाइरस देखियो भने हामी चिन्चित हुन्छौँ, यसले ल्यापटपमा भएकाजति डाटाहरुलाई खतरामा पार्दछ ।

भाइरस भएको ल्यापटप बेच्दा पनि खासै मुल्य पर्दैन् । सुन्दा अचम्म लाग्छ तर विश्वमा यस्तो भाइरस ग्रस्त ल्यापटप छ, जसको मूल्य करोडौँ पर्छ ।

विश्वकै सबैभन्दा खतरा मानिने ६ वटा भाइरस भएको ल्यापटप करोडौँमा बिक्री भएको छ । सामसुङ कम्पनीकै उक्त ल्यापटप अनलाइन लिलामीका क्रममा बिक्री भएको थियो । उक्त ल्यापटपको भाइरसले दुनियाँभरमा गरी ९५ अर्ब डलरको नोक्सान पुर्‍याएको थियो ।

 

उक्त ल्यापटपलाई इन्टरनेट आर्टिस्ट गुओ ओ डंग र साइबर सेक्योरिटी कम्पनी डिप इन्स्टिंक्टले तयार पारेका हुन् । 

ल्यापटपमा भएका ६ प्रकारका ती भाइरसले भाइरसले कम्प्युटरमा कुनै असर नपारुन् भनेर ल्यापटपमा कैयौँ सुरक्षा टिप्सको प्रयोग गरिएको छ ।

उक्त ल्यापटपको पोर्टचाहिँ निस्क्रिय पारिएको छ ताकि त्यसमा रहेको भाइरस पोर्ट मार्फत अन्य डिभाइसमा सर्न नपाओस् र ल्यापटपमै भाइरस सक्रिय नहोस् ।

प्रतिक्रिया दिनुहोस्