भारतमा पनि हावाहुरी र वर्षा, १८ जनाको मृत्यु



भारतको उत्तर प्रदेशमा आएको हावाहुरीसहितको वर्षा र चट्याङका कारण १८ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा मैनापुरीमा ६ जना, एटा र कासगंजमा ३–३ जना तथा मुरादाबाद, महोबा, हमीरपुर, फरुखाबाद, जालौन र बदायुंमा १–१ जना रहेका छन्।

बिहीबार दिनभर प्रचण्ड गर्मी भएको र साँझ ७ बजे एक्कासी मौसम परिवर्तन भई हावाहुरी चलेको भारतीय अधिकारीले जनाएका छन्।  

कतिपय ठाउँमा असिना परेको छ। हावाहुरीपछि धेरै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ।  हावाहुरीका कारण घरहरु भत्किँदा ५० जना भन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन्। 

यता नेपालमा पनि हावाहुरीका कारण अहिलेसम्म  कैलालीमा २ जनाकाे मृत्यु हुनुका साथै ७६ जना घाइते भएका छन् भने कञ्चनपुरमा ३३ जना बढी घाइते भएका छन्।गम्भीर चारजनालाई उपचारका लागि भारत र नेेेपालगन्ज पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्