मनाङले जित्यो गभर्नस गोल्डकपको उपाधि



काठमाडौं : सिक्कीममा सम्पन्न गभर्नस गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपालको ए डिभिजन क्लब मनाङ मस्र्याङदीले जितेको छ । शनिबार भएको फाइनलमा मनाङले इन्डियन रेड आर्मीलाई १–० ले पराजित गर्दे सिक्कीमको प्रतिष्ठीत फुटबल प्रतियोगिताको उपाधि जितेको हो । 

प्रतिस्पर्धात्मक खेलमा मनाङले सुजल श्रेष्ठको गोलमार्फत खेलमा अग्रता बनाएको थियो । अधिकासं सयम गोलरहित बराबरी भएको खेलमा मनाङ अन्तिम समयमा जित हासिल गरेको थियो । 

मनाङका लागि ८१ औं मिनेटमा सुजल श्रेष्ठले निर्णायक गोल गरे । जारी ए डिभिजन लिगको विश्राममा नेपालबाट एन्फाले मनाङसँगै एपिएफलाई गभनर्स गोल्डकपका लागि सिक्कीम जाने स्वीकृती दिएको थियो । 

मनाङले पहिलो खेलमा बाइ पाएर क्वार्टरफाइनल पुगेको थियो। क्वार्टरफाइनलमा कोलकाता कस्टम्सलाई ४–२ ले पराजित गर्दे सेमिफाइनल पुगेको थियो भने सेमिफाइनलमा कोलकाता एटिकेलाई ६–२ स्तब्ध पार्दै फाइनलमा स्थान बनाउन मनाङ सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्