सरकारले ओलीलाई भन्यो-आफ्नो तीनवर्षे कार्यकालको समीक्षा गर्नू



काठमाडौं । सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै तीन वर्षको आफ्नो कार्यकालको समीक्षा गर्न सुझाएको छ ।
सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दिनमा जनताले मूल्यांकन गर्ने बताएका हुन् । ‘तीन वर्षमा उहाँले मुलुकलाई कुन तहमा धकेल्नुभएको थियो,’ पत्रकारको प्रश्नपछि प्रवक्ता कार्कीले भने, ‘आगामी निर्वाचनमा जनताले मूल्यांकन गर्नैछन् । उहाँको सरकार असफल भएरै यो सरकार आएको हो । यो सरकारले आशा जगाएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्