गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले सघाउने



चितवन : युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले चितवनको रामपुरमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने  बताएका छन् ।

रंगशालाको आज निरीक्षण गर्दै मन्त्री विश्वकर्माले गैरसरकारी क्षेत्रबाट निर्माण गरिने यस्ता राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारको समेत सहभागिता रहने बताए ।

रंगशाला निर्माणका क्रममा सरकारको समेत साथ, सहयोग र लगानी रहने भन्दै मन्त्री विश्वकर्माले यो रंगशाला निर्माणका लागि सरकार मेरुदण्डको रुपमा रहने बताए  ।

 उनले राष्ट्रिय गौरवका आयोजना भएकोले कुनै पनि प्रकारका अवरोध खडा गर्न नहुनेमा जोड दिए ।

यही जेठ १५ गते विहानै रंगशालाको पश्चिम बारमा केही स्थानीयले डोजर लगाएपछि रंगशाला निर्माण कार्य प्रभावित बनेको हो  ।

 

प्रतिक्रिया दिनुहोस्