जनकपुरमा लाखौं मूल्यको चाँदीसहित एक पक्राउ



जनकपुरधाम : जनकपुरमा ठूलो परिमाणको चाँदीसहित एक व्यक्ति पक्राउ गरेका छन्। जिल्लाको जलेश्वर नगरपालिका–४ का ३४ वर्षीय बालबोध प्रसाद साहलाई ७ लाख ८९ हजार मूल्य बराबरको चाँदीसहित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो।

सशस्त्र  प्रहरी बल गणका डिएसपी सुशीलप्रसाद पराजुलीको कमाण्डको टोलीले साहलाई चाँदीसहित पक्राउ गरेको हो।

शुक्रबार बिहान ८ बजे ज३प ६२८९ नम्बरको मोटरसाइकलको एयर फिल्टरमा लुकाएर राखेको अवस्थामा उक्त चाँदी प्रहरी टोलीले फेला पारेको हो। पक्राउ परेका साहको साथबाट १९ हजार नेपाली रूपैयाँ र १६३० भारू समेत फेला परेको छ। 

प्रतिक्रिया दिनुहोस्