सञ्चारमन्त्री भन्छन् पत्रकारको आन्दोलनको तुक छैन 



दाङ : नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री गोकुल बाँस्कोटाले नेपाल पत्रकार महासंघले गरिरहेको आन्दोलनको कुनै तुक नभएको बताएका छन्।

उनले पत्रकार महासंघले बुझेर वा नबुझेर आन्दोलन गरिरहेकोले बुँदागत रुपमा छलफल गर्ने आग्रह गरे ।

२५ हजारदेखि १० लाखसम्म जरिवानाको विषय विवादित भएको र आफू त्यसमा छलफल गर्न तयार रहेको बताए ।

रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्रको उद्घाटन तथा भवन शिलान्यासका लागि दाङ आएका बेला नेपाल पत्रकार महासंघ दाङ शाखाले गरेको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले जरिवाना र दण्डको कुराबाट आफू पछि नहट्ने अडान लिँदैे छलफल र संवादबाट प्रेस काउन्सिल ऐनमा पुग्न सकिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्