सेनाको भर्ना छनोट स्थगित



काठमाडौँ : कोरोना संक्रमणका कारण सेनाकाे भर्ना छनोट स्थगित भएको छ । पछिल्लो समय कोरोना संक्रमित तिव्र भएपछि जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले वार्षीक कार्यतालिका अनुसार माग गरेको आवेदन हालका लागि स्थगित गरेको हो ।

ओमिक्रोनको बढ्दो संक्रमणलाई कारण ११ गतेदेखि सबैखाले छनोट परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको सेनाको छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले जानकारी दिएको छ ।

सेनाले यसअघि रिक्त दरबन्दीमा यसअघि माग गरेको अधिकृत क्याडेट सहित विभिन्न पदको आवेदन बढ्दो संक्रमणलाई कारण हाललाई स्थगित गरेको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्