हरिवन मालपोतमा आजबाट अनलाइनबाट काम सुरु



हरिवन : हरिवनस्थित मालपोत कार्यालयमा आज अनलाइन प्रविधिबाट काम सुरु भएको छ। हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले शुक्रबार अनलाइन प्रविधिको शुभारम्भ गरेका छन्।

सर्लाहीका नापी, मालपोत र भूमिसुधार कार्यालयमा अहिलेसम्म पनि अनलाइन प्रविधि नभएको र हरिवन मालपोत यो प्रविधिबाट काम गर्ने पहिलो कार्यालय बनेको छ। यो प्रविधिको उपयोगले जालसाजी र किर्ते काम गर्न नमिल्ने मालपोतका कर्मचारीले बताएका छन्।

अनलाइन काम गर्दा नागरिकता नम्बर सफ्टवेयरमा राखिने भएकाले काम कहाँ पुग्यो कर्मचारीले गरेका सबै काम देख्न सकिने मालपोत कार्यालय हरिवनका प्रमुख अम्बिका नेपालले बताए।  अनलाइनबाट काम गर्दा लाभ करलगायत कुनै पनि राजस्व छल्न सकिँदैन। जग्गा जमिनको सरकारी मूल्यांकन पनि थोरै देखाउन मिल्दैन भने सेवाग्राहीको काम छिटो हुनेछ।

मालपोत प्रमुख नेपालको अध्यक्षता, इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख दीपक आचार्य र नापी कार्यालय हरिवनका प्रमुखलगायत शुभारम्भमा उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्