देवदहस्थित घोडाहा जंगलमा दुई शव फेला



रूपन्देही : रूपन्देहीको देवदहस्थित घोडाह जंगलमा बेवारिसे अवस्थामा दुई शव फेला परेको छ । आज दिउँसो पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत देवदह नगरपालिका वडा नं १० घोडाह जंगलको राजमार्ग किनारमा एक महिला र एक बालिकाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । महिलासँगै अन्दाजी सातआठ वर्षको बालिकाको शव भेटिएको हो ।

सडकमा ओहोरदोहोर गर्ने यात्रुहरूले मृत महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गङ्गा सारुका अनुसार शवको अवस्था हेर्दा बालिकाको घाँटी रेटेर फालिएको हुनसक्छ । यद्यपि उनीहरूको सम्बन्ध खुलिनसकेपनि आमा-छोरी हुनसक्ने प्रहरीको अनुमान रहेको छ । 

प्रतिक्रिया दिनुहोस्