निर्माणाधीन गौतम बुद्ध रंगशालाको खेलकुद मन्त्रीद्वारा निरीक्षण



चितवन : युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा आउन सक्ने सबै खालका चुनौतीको सामना गर्ने बताएका छन्।चितवनको रामपुरमा निर्माणाधीन रंगशालाको शुक्रबार अवलोकन गर्दै उनले रंगशाला निर्माणको क्रममा सरकारको समेत साथ, सहयोग र लगानी रहने पनि बताए।

रंगशालाको निरीक्षण गर्दै मन्त्री विश्वकर्माले निर्माण कार्यलाई सरकारले सहयोग गर्ने र सामान्य विवादले निर्माण कार्य नरोकिने बताए। यसैबीच निर्माणधीन रंगशालालाई चितवन प्रहरीले सुरक्षा दिने भएको छ।

असुरक्षाका कारण काम प्रभावित भएको कुराहरू बाहिर आएपछि प्रहरीले पूर्ण रूपमा सुरक्षा दिन थालेको हो। रंगशालाको सुरक्षाका लागि त्यही प्रहरीको बेस रहने गरी प्रहरी नायब निरीक्षकको कमाण्डमा २४ सै घण्टा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेन्द्र शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

 

प्रतिक्रिया दिनुहोस्