संघले हामीलाई दुई टक्के सरकार बनायो : आर्थिक मामिलामन्त्री विजय यादव



जनकपुरधाम : प्रदेश २ ले आफ्नो नीति तथा कार्यक्रममा जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा समाविष्ट गरेको आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बताएका छन्  । 

जनकपुर अञ्चल अस्पतालमा आयोजित एक कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै यादवले अस्पतालमा जेनरेटरको समस्या देखिएकोले एउटा जेनरेटर प्रदान गर्ने बताएका छन् । 

संघीय सरकारले अहिले प्रदेशहरुलाई समग्रमा मात्र दुर्इ प्रतिशत बजेट दिएको गुनासो व्यक्त गर्दै मन्त्री यादवले भने, ‘हामी दुई टक्के सरकार मात्र हो।’ संघीय सरकार जहाँ पनि विभेद गरेको भन्दै मन्त्री यादवले हामी प्रदेश २ सरकार अहिले संघर्ष नै गरेको बताएका छन् ।

जनकपुर अञ्चल अस्पतालमा सरसफाई तथा वृक्षारोपण कार्यक्रममा अञ्चल अस्पतालका मेसु नागेस्वर यादवले जनकपुर अञ्चल अस्पताल ५ सय शैया गर्ने गरी प्रादेशिक अस्पताल प्रदेश सरकारले योजना बनाएकोमा खुशी व्यक्त गरे । प्रादेशिक अस्पतालको लागि हामी तयारी अवस्थामा रहेकोले सबैको सहयोगको खाँचो रहेको बताएका छन् ।

राजपा नेपाल धनुषा जिल्ला सचिव मनोज साहले उद्घोषण गरेको कार्यक्रममा समाजसेवी बैद्यनाथ साहलाई जनकपुर अञ्चल अस्पतालको मानार्थ सदस्यको रुपमा सदस्यता प्रदान गरिएको थियो । 

मन्त्री यादव लगायतका व्यक्तिले जनकपुर अञ्चल अस्पतालमा वृक्षा रोपण गर्नुका साथै  सरसफाई समेत गरेका छन् ।

कार्यक्रममा नागरिक समाजका अगुवा अमर चन्द्र अनिल, प्रभु जलान, राजेश साह, सफाई अभियानी रुवि झा , डाक्टर रामनरेश पण्डित, जामुन सिंह लगायत अञ्चल अस्पताल प्रशासन र युवा अगुवाहरु समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्