राजपा अध्यक्ष मण्डलको बैठकमा सहभागी हुन नेता महतो जनकपुर जाँदै



जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो विभिन्न कार्यक्रममा सहभागी हुन जनकपुर जाने भएका छन् । उनी आज जनकपुर जान लागेका हुन् । 

एक हप्ते लामो जनकपुर बसाइका क्रममा नेता महतोले जिल्लामा आयोजना हुने सामाजिक कार्याक्रममा सहभागी हुनुका साथै निर्वाचन क्षेत्र भ्रमण तथा कार्यकर्तासँग भेटवार्ता गर्ने छन् । 

आज जनकपुरमा हुने राजपा नेपालको अध्यक्ष मण्डलको बैठकमा सहभागी हुने छन् भने भने साँझ घोडाासमा आयोजना हुने केही सामाजिक कार्यक्रममा समेत सहभागि हुने छ। 

त्यस्तै भोलि (आइतबार) जनकपुरधाममा हुने राजपा नेपालको अध्यक्ष मण्डलको बैठकमा सहभागी हुने छ भने २७ देखि ३१ गतेसम्म जिल्ला र क्षेत्रको कार्यकर्ता भेटघाट गर्ने तथा विभिन्न सामाजिक कार्याक्रममा नेता महतो सहभागि हुने छन् । 

 

प्रतिक्रिया दिनुहोस्