मोदी ५ हजार वर्ष पूरानो मन्दिरमा



एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (शनिबार) केरलको गुरुवायुरप्पन (श्री कृष्ण) मन्दिरमा पूजा–अर्चना गरेका छन् । प्रधानमन्त्री मोदी मन्दिरको परम्परागत भेषभूषामा देखिएका थिए । 

मन्दिमा पूजा–अर्चनापछि प्रधानमन्त्री मोदीले भाजपा कार्याकर्ताको ‘अभिवनसभा’ लाई सम्बोधन गर्नेछन् । 

गुरुवायूर शहरमास्थित भगवान श्री कृष्णको मन्दिर करिब ५ हजार वर्ष पूरानो हो भने दोस्रो पटक भारतका प्रधानन्त्री भएका मोदीको यो पहिलो केरल भ्रमण हो । दक्षिण द्वारिकाको नामले समेत चिनिने यस मन्दिरमा प्रधानमन्त्री मोदी गुजरातका मुख्यमन्त्री हुँदा आइसकेका थिए । भनिनन् भगवान श्री कृष्ण यस मन्दिरमा विराजमान छन् । 

पौराणिक मान्यता अनुसार मन्दिरको निर्माण वृहस्पतिले गरेका थिए । मन्दिर ५ हजार वर्ष पूरानो हो । सन् १६३८ मा यस मन्दिरको केही हिस्साको पूनर्निर्माण गरिएको थियो । यस मन्दिरको खास कुरा यो छ कि यहाँ हिन्दुहरुको अलवा अर्को धर्ममा मानिस प्रदेश गर्न सक्दैनन् । 

प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण केरल हुँदै मालदीव र श्रीलंका जाने भएका छन् । आइतबार त्यहाँबाट फर्केर प्रधानमन्त्री मोदी आन्ध्र प्रदेश पनि जाने छन् भने त्यहाँ तिरुपति मन्दिरमा भगवाद वेंकटेश्वर स्वामीको दर्शन गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्