लुम्बिनीमा गठबन्धनका उम्मेदवार निर्वाचित



दाङ :  राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनीबाट गठबन्धनका उम्मेद्वार निर्वाचित भएका छन् । गठबन्धनबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुल प्रसाद बिक निर्वाचित भएका हुन् ।

उनीहरूले प्रतिपक्षी दल नेकपा एमालेका रामदयाल गुप्ता, भारती खनाल (उपाध्याय) र कृष्ण सुनारलाई पराजित गरेका हुन् । दाङमा भएको मतदानमा प्रदेशसभा सदस्य ८१ र १ सय ७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्