मधेश प्रदेशमा सिद्धिकी र अर्याल विजयी



जनकपुरधाम । जनकपुरधामः राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा अन्य समूहतर्फ सत्ता गठबन्धनका उम्मेदवार खालिद सिद्धिकी विजयी भएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सिद्धिकी अन्य समूह तर्फबाट विजयी भएका हुन् ।
सिद्धिकीले ६ हजार ६ सय ७८ मतभार ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–लोसपा गठबन्धनका उम्मेदवार उस्मान अन्सारीले २ हजार ७ सय ६६ मतभार ल्याएका छन् ।
त्यस्तै महिलातर्फ सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छन् । सत्ता गठबन्धनको महिला समूहबाट माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १ सय ५६ मतभार ल्याएर विजयी भएकी हुन् । एमाले–लोसपा गठबन्धनबाट महिला तर्फ उम्मेदवारी दिएकी लोसपाकी रुपा कुमारी यादवले ३ हजार २ सय २८ मतभारमात्रै ल्याउन सकिन् ।
स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८ सय २४ र प्रदेशसभाका ४ हजार ९ सय ९२ गरी कूल ९ हजार ८ सय १६ मतभार रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्