ट्याङकर र बस ठोक्किँदा १८ जना घाइते



चितवन : चितवनमा भएको  सवारी साधन दुर्घटनामा  १८ जना घाइते भएका छन् ।

काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना१क ६४११ नम्बरको ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नम्बरको बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आइतबार बिहान ११.३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन्।

घाइतेहरुको चितवन  र काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।  दुवै बस र तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्