संसद् सचिवालयका २१ कर्मचारी कोरोनाबाट संक्रमित



काठमाडौँ । संघीय संसद् सचिवालयका २१ जना कर्मचारीहरुलाई कोरोना संक्रमण भएको छ । १७६ जना कर्मचारीको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोभिड पोजिटिभ देखिएको हो ।
१६ जना सांसदको एन्टिजेन परीक्षण गर्दा ५ जनामा पोजिटिभ देखिएको सचिवालयले जनाएको छ । यस्तै,राष्ट्रिय सभाका ८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा पोजेटिभ देखिएको सचिवालयले जनाएको छ । अहिले बानेश्वरस्थित संघीय संसद् भवनमा एन्टिजेन परीक्षण भइरहेको छ ।
राष्ट्रिय सभाको बैठक बस्नुअघि स्वास्थ्य परीक्षण गरिएको थियो । सोमबार दिउँसो १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
यस्तै, आइतबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक शनिबार सूचना निकाल्दै सचिवालयले माघ २६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्