ट्याक्सीको जोरबिजोर हटाउन माग



काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघले ट्याक्सीमा लागु गरिएको जोरबिजोर प्रणाली हटाउन माग गरेको छ ।
कोरोना संक्रमण बढिरहेको समयमा उपत्यकामा एम्बुलेन्सको अभावले बिरामीलाई सास्ती भइरहेको र ट्याक्सीले नागरिकलाई अस्पताल आउजाउ गर्न सहज हुने भन्दै तत्काल जोरबिजोर खारेज गर्न माग गरिएको छ ।
आपत् पर्दा तत्काल कतै जानुपरे ट्याक्सीलगायत निजी सवारीसाधनको अभावले सर्वसाधारणलाई सास्ती भएको महासंघका महासचिव भरत नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरूले ट्याक्सीसहित निजी सवारीसाधनमा जोरबिजोर कायमै राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्