काठमाडौंमा मेलम्चीको पानी आगामी चैतसम्म आउँछ : मन्त्री चौधरी



काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले आगामी चैतको मसन्तसम्ममा मेलम्चीको पानी काठमाडौं ल्याउन कार्ययोजना बनाएर काम भइरहेको बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले निर्माणमा संलग्न चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु भएको तीन महिनाभित्र जिम्मेवारी सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिए ।
‘अहिले त्यहाँ १२ वटा स्काभेटर र २४ वटा टिपर प्रयोग गरी दैनिक कार्ययोजना बनाई अहोरात्र काम भइरहेको छ । प्रत्येक सात दिनमा समीक्षा र मूल्याङ्कनको व्यवस्थासमेत गरिएको छ,’ उनले भने ।
अस्थायीरुपमै भए पनि पहिलेकै परिमाणमा दैनिक १७ लाख लिटर पानी निर्धारित समयमा काठमाडौं उपत्यकामा आउने विश्वास दिलाउँदै उनले एशियाली विकास बैंकको अध्ययन प्रतिवेदनका आधारमा स्थायी सरचनालाई अघि बढाउने जानकारी दिए ।
आयोजनाको बाँध र सुरुङको काम अहिले भकाभक भइरहेको बताउँदै उनले वर्षायाममा हुनसक्ने क्षतिलाई न्युनीकरण गर्न बाँध क्षेत्रमा पूर्वअनुमान चेतावनी संयन्त्र जडान गरिने जानकारी दिए । गत असार १ गते आएको बाढीले काठमाडौं ल्याउने खानेपानीको बाँध र सुरुङमा क्षति पु¥याएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्