पोखरा प्रिमियर लिग: फाइनल प्रवेशका लागि चितवन र काठमाडौं भिड्दै



पोखरा : पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि चितवन राइनोज र काठमाडौं रोयल्सबीच आज प्रतिस्पर्धा हुदैछ । पोखरा रंगशालामा पीपीएलको इलिमिनेटरमा चितवन र काठमाडौंले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

लिगको दोस्रो र तेस्रो स्थानमा रहेको टिम इलिमिनेटरमा प्रतिस्पर्धा गर्न लागेको हो । लिगको दोस्रो स्थानमा चितवन र तेस्रो स्थानमा काठमाडौं रहँदै इलिमिनेटरमा प्रवेश गरेको थियो ।

चितवनले लिग चरणको ५ खेलमा ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेको थियो । यता, काठमाडौंले पनि ५ खेलमा ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेको थियो ।

लिगको शीर्ष स्थानमा रहँदै पोखरा पल्टन भने फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल मंगलबार हुदैछ ।

प्रतिक्रिया दिनुहोस्