कुखुरा फर्ममा आगलागी हुँदा १७ सय कुखुरा जले



सर्लाही : कुखुरा फर्ममा आगलागी हुँदा १७ सय कुखुरा जलेर नष्ठ भएका छन् । सर्लाहीको बरहथवा नगरपालिकास्थित एक कुखुरा फर्ममा आगलागी हुँदा १७ सय कुखुरा जलेका हुन् ।

आगलागीबाट फर्म र फर्मभित्र रहेको १७ सय कुखुराको चल्ला जलेको प्रहरीले जनाएको छ । उक्त आगलागीले २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

नगरपालिकाको वडा नम्बर ७ स्थित राम सिंहासन साहले सञ्चालन गरेको फर्ममा विद्युत सर्ट भएर राति १२ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्