सुनको मूल्य बढ्यो, कति छ तोलाको ?



काठमाडौं : सुनको मूल्य मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ। सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने स्थिर छ। सोमबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि त्यही मूल्यमा निर्धारण भएको छ।

प्रतिक्रिया दिनुहोस्