गुण्डा नाइके समीरमानकी श्रीमती माया शेरचन पक्राउ



काठमाडौं :  निर्माण व्यवसायी शरदकुमार गाैचनकाे हत्यामा संलग्न गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

 

महानगरीय अपराध महाशाखाका टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

 

महाशाखाले निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनलगायत अन्यको हत्यामा समीरमानकी श्रीमती माया पनि संलग्न भएकाे भन्दै उनलाई पनि पक्राउ गरिएको बताएकाे छ । 

 

गौचन हत्याको आरोपमा अपराध महाशाखाको टोलीले कात्तिक १२ गते लोप्साङ लामा, अम्बर बहादुर राना र  रोशन बुढाथोकीलाई पक्राउ गरेपछि उनको संलग्नता खुलेको देखिएको हो।

 

पक्राउ परेकाले अदालतमा समेत हत्यामा समीरको श्रीमतीको समेत संलग्नता भएको बयान दिएका थिए। उनीहरुको बयानको आधारमा जिल्ला अदालत काठमाडौं पक्राउ पूर्जी लिएर उनलाई पक्राउ गरेको स्रोतले जानकारी दियो।

प्रतिक्रिया दिनुहोस्