कर्णालीमा टुक्रे योजना कार्यान्वयन नगर्ने कांग्रेस र एमालेबीच सहमति



सुर्खेत : कर्णालीमा प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच ७ बुँदे लिखित सहमति भएको छ । सहमतिपछि कर्णाली प्रदेशसभामा एमालेले गर्दै आएको अवरोध हट्ने भएको छ ।

प्रदेश सरकारले यसअघि बजेटमा राखेका टुक्रे आयोजनामध्ये मुख्यमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री जिविकोपार्जन कार्यक्रम र पूर्वाधार विकास कार्यक्रम बाहेक १५ लाख रुपैयाँभन्दा कमका योजनाहरु कार्यान्वयन नगर्ने सहमति भएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि स्थानीय तह र प्रदशेसभा सदस्यको भूमिकालाई यथावत राखेर कार्यविधि सुधार गर्ने र वडा समितिको सिफारिस गरेको उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्