अब राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै



काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएको राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाट वितरण कार्य सुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेसँगै सरकारले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण थालेको हो । ईपासपोर्ट बनाउन अनिवार्य गरिएपछि सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन रातभर लाइनमा बस्नुपर्ने अवस्था सृजना भएपछि सरकारको आलोचना भइरहेको थियो ।
काठमाडौंको पाँचवटा नगरपालिका र देशभरका अन्य २८ वटा पालिकाबाट सुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरण कार्यले अरु पालिकाबाट पनि सुरु गर्ने तयारी गरिएको छ ।
काठमाडौमा गोकर्णेश्वर, कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरी र नागार्जुन नगरपालिकामा स्थायी बसोबास गर्नेहरुको लागि यो सेवा सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्