सर्वोच्चको सेवा स्थगन माघ २८ गतेसम्म



काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणका कारण गरेको सेवा स्थगनलाई माघ २८ गतेसम्म निरन्तरता दिने भएको छ । मंगलबार बसेको सर्वोच्चको पूर्ण बैठक(फुलकोर्ट)बाट सेवा स्थगनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार कोरोनाको विषम परिस्थितिमा अदालतमा उपस्थित तथा भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदालतमा कार्यरत जनशक्ति लगायतको स्वास्थ्य सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनिकरणका लागि माघ २८ गतेसम्म निरन्तरता दिने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्