नयाँ चन्द्र वर्ष अर्थात् ल्होसार



डा. कृष्णकुमार तामाङ 

काठमाडौँ : चीन, भियतनाम, कोरिया, ताइवान र सिंगापुर सहित धेरै पूर्वी र दक्षिणपूर्वी एसियाली संस्कृतिहरूका बीचमा मनाइने सबैभन्दा महत्त्वपूर्ण उत्सवहरू मध्ये एक बोलचालमाचिनियाँरतिब्बती नयाँ वर्ष वा वसन्त चाड नेपालमा पाँचदेखि पन्ध्र दिनसम्म तामाङहरूले सोनाम ल्होसारको नामले विक्रम संवत् पात्रो अनुसार माघ महिनाको नयाँ चन्द्रमाको पहिलो दिनधार्मिक हर्षोल्लासका साथ मनाउँछन् । विश्वमा बुद्ध धर्मको जन्मसिद्ध अनुयायी भएकोतामाङ जातिको जनसङ्ख्यानेपालमा वि.सं. २०६८ सालको जनगणना अनुसार १५,३६,६८२ अर्थात ५.८५ रहेको छ ।तामाङ जनसंख्या भारतको सिक्किम, आसाम, नागालेण्ड, दार्जिलिङ, कालिम्पोङ, देहरादुन, नैनीताल र भुटानमा उल्लेखनीय संख्यामा रहेको छ भनें बेलायत, अमेरिका, अस्ट्रेलिया, जापान, सिंगापुर, हङकङ, बर्मामा पनि स्थायी बसोबास गर्नेहरु छन् ।

यद्दपि भुटान, म्यानमार, कम्बोडिया, हङकङ, जापान, तिब्बत, लाओस, मकाउ, मंगोलिया, सिंगापुर, श्रीलंका, ताइवान, थाइल्याण्ड, काल्मिकिया र भियतनाममा बौद्ध धर्म प्रमुख हुनुका साथै उत्तर कोरिया, नेपाल, भारत र दक्षिण कोरियामा ठूलो संख्याका बुद्ध धर्मावलम्बीहरू बस्छन् ।

चिनियाँ १२ राशिचिन्हहरू क्रमशस् मुसा, गोरु, बाघ, खरायो, ड्रैगन, सर्प, घोडा, बाख्रा, बाँदर, कुकुर, र सुँगुरहुन्छन् । यस वर्ष सन् २०२२ मा बाघ राशि चिन्हले नयाँ परिवर्तनहरू ल्याउने, मानिसहरूलाई सबै चुनौती र कठिनाइहरू पार गर्न प्रोत्साहित गर्नेछ भन्ने विश्वास दिलाउँछ िड्रेगन समस्त देवलोकको विचरण गर्ने, मुखबाट आगोको मुस्लो निकाल्ने, सिंहको शिकारगर्ने, चार तिक्ष्ण पन्जायुक्त, शक्तिशाली पुछार भएको दैवीशक्तिको जीवलाई नेपाली हिन्दु संस्करणमा बैकुण्ठ धामका भगवान बिष्णु बाहन गरुडको नामाकरण गरेको पाइन्छ 

नयाँ वर्षको स्वागत गर्न तामाङहरूले आफ्नो घर सफा, पवित्र बनाउने र सजाउने तथा आफ्नो परम्परागत पोशाकमा गुम्बा, चैत्य र छोर्तेन (माने) गएर आफ्ना स्वर्गिय पितृहरुको सम्मानमा घ्युको बत्ति बालेर बुद्ध भगवानको चरणमा घुंडा टेकेर सात पटक शास्टांग दण्डवत प्रणाम गरी आशिष थाप्ने गर्छन् । बत्तिअर्को शव्दमा ज्योति आशाको आध्यात्मिक एवम् ज्ञानको पनि प्रतीक हो। जीवनमा समृद्धिको लागि वास्तविक परिवर्तन ल्याउन उज्यालोले मार्ग दर्शन गर्दछ । यस पर्वमा आफन्त प्रियजनहरु एकत्रित भएर घरका अग्रज मान्य अभिभावकहरुबाट सेतो चामलको टिका थापीढोगेर आशिर्वाद लिने, खादा पहिराउने (रेशमी अभिनन्दन रुमाल) र उपहार दिने तथा आपसमा सदाचार, प्रेम प्रदर्शन गरी, नयाँ लुगा तथा गहना लगाई चोखोमिठो परिकारका व्यन्जन समुहमा खाएर रमाइलो गर्ने गरिन्छ ।

बौद्ध गुरु (लामा) हरूले नकारात्मक शक्तिहरूलाई हटाउन, परिवार र सिंगो विश्व ब्रम्हाण्डको समस्त प्राणी जगतको लागि शान्ति, प्रेम तथा सकारात्मकता ल्याउन पुजा अनुष्ठानहरूको माध्यमबाट रोग, व्याधि एवम् प्रकोप नलागोस भनि प्रार्थना गर्छन्।

तामाङ समाजले जन्मदेखि मृत्युसम्म सम्भोटा लिपिमा लेखिएका धर्मग्रन्थको आधारमा पुजापाठ गर्दै आइरहेको बौद्ध पन्चरंगी झण्डाहरूमा भगवान बुद्धका प्रार्थनाहरू लेखिएका हुन्छन् जसले शान्ति, शक्ति, बुद्धि र करुणाको प्रवर्द्धन प्रकट गर्दछ। यस नयाँ वर्षको अवसर पारी घर, आवास, कार्यालय, जस्ता भौतिक संरचनाहरुका सामुन्ने अग्लो हुने गरी फहराएका पुराना प्रार्थना झण्डाहरूफेरिन्छन् । यसबाहेक, बुद्ध जयन्ती जस्ता विशेष अवसरहरूको उपलक्ष्यमा प्रार्थना झन्डाहरु लामा गुरुद्वारा पुजा अनुष्ठान गरी नयाँ झन्डा राखिन्छन् ।

मानव शरीरमा ६५ अन्तरिक्ष, ६५ वायु, ४५ आगो, ७२५ पानी र १२५ पृथ्वी रहेको मान्यता अनुरुप प्रार्थना झण्डाको नीलो रंगले आकाश, सेतोले हावा, रातोले आगो, हरियोले पानी र पहेँलोले पृथ्वीको पन्च तत्वलाई चित्रण गर्दछ ।हावामा फहराउने प्रार्थना झण्डाहरूले प्राणीहरूमा आध्यात्मिक उर्जा फैलाउने उद्घोष बौद्ध दर्शनमा पाइन्छ ।

त्यस्तै प्रार्थना चक्रहरू मन्त्रको साथ बायाँबाट दायाँ घडीको दिशामाघुमाइने गरिन्छ ।बुद्ध धर्मले करुणा, अहिंसा, सहिष्णुता, क्षमा, प्रेम र समानुभूतिको शिक्षालाई मूर्त रूप दिएको सान्दर्भिकताको संरक्षण र सम्वर्धन गर्न ल्होसारको स्वागत गरौँ ।
मंगलमय ल्होसारको हार्दिक शुभकामना !

डा.तामाङ सशस्त्र प्रहरी बलको पूर्वएआइजी हुन् ।

प्रतिक्रिया दिनुहोस्