पद्मरत्न तुलाधरकाे निधनप्रति प्रधानमन्त्रीद्वारा गहिराे दु:ख व्यक्त



काठमाडौं : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओलीले मानवअधिकारकर्मी अगुवा नेता पद्मरत्न तुलाधरकाे निधप्रति गहिराे दुख व्यक्त गरेका छन् । वाम आन्दोलनमा पद्मरत्न तुलाधरले पुर्‍याउनुभएको योगदान सदा स्मरणीय रहने उनले बताएका छन्।

 

आइतबार मध्याह्न नर्भिक अस्पतालमा तुलाधरको निधन भएको छ। प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन्– वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खबर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ।

प्रतिक्रिया दिनुहोस्