जनवरीमा १७ हजार पर्यटक नेपाल आए



काठमाडौँ : सन् २०२२ को पहिलो महिना अर्थात् जनवरी महिनामा झन्डै १७ हजार जना पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार जनवरी महिनमा १६ हजार नौ सय ७५ जना पर्यटक नेपाल आएका छ्न ।

यो अघिल्लो वर्षको तुलनामा दोब्बरले धेरै हो । सन् २०२१ को जनवरीमा नेपालमा आठ हजार आठ सय ७४ जना पर्यटक नेपाल आएका थिए । यो वर्षको जनवरीमा सबैभन्दा धेरै भारतबाट तीन हजार नौ सय १६ जना पर्यटक नेपाल आएका छन् ।

युरोपका देशबाट तीन हजार पाँच सय २७ जना, अस्ट्रेलिया र न्युजिल्यान्डबाट एक हजार दुई सय ४० र अमेरिकी देशबाट तीन हजार ६ सय १८ जना पर्यटक नेपाल आएका छन् । भारतबाट हवाई मार्ग हुँदै आउने भारतीयलाई नेपालले पर्यटकको रूपमा गणना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्