ठगी आरोपमा म्यानपावर सञ्चालक पक्राउ



काठमाडौँ  : ठगी आरोपमा म्यानपावर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको टोखास्थित ट्रिपलस्टार इम्प्लोईमेन्ट प्रालिका सञ्चालक भीम गुरुङलाई ठगी आरोपमा आज दिउँसो पक्राउ गरेको हो । उक्त म्यानपावर कम्पनीमा पीडितसँग भिडियो खिच्न गएका सञ्चारकर्मीमाथि कुटपीट समेत भएको थियो ।

यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा यूएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो ।

गुरुङलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबिमा लगिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले गुरुङलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्