म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने सरकारको तयारी



काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) लाई वर्गीकरण गर्ने तयारी गरेको छ। मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य छन्। कार्यदलले म्यानपावर कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचकहरू तयार गर्नेछ ।

वर्गीकरण गर्दा वैदेशिक रोजगारमा संलग्न म्यानपावर कम्पनी कुन राम्रो र कुन नराम्रो भनेर छुट्याउन सजिलो हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन्। वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउँदै सुधारका लागि वर्गीकरण गर्न लागिएको उहाँको भनाइ छ।

नेपालमा अहिले आठ सयभन्दा धेरै म्यानपावर कम्पनी रहेका तथ्याङ्क छन् ।

प्रतिक्रिया दिनुहोस्