उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले गरे पदभार ग्रहण



काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन्।

आज उनले महानिर्देशकको कार्यभार सम्हालेको बताइएको छ। प्राधिकरणमा ११ औं तहमा कार्यरत रहेका उनलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनको कार्यकाल चार वर्षका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्