देशका बिभिन्न स्थानमा असिनासहितको वर्षा



काठमाडौँ : आज देशका विभिन्न स्थानमा असिनासहितको वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसमपुर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशहरुका केही असिनासहितको स्थानहरुमा वर्षा भएको छ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरुमा पूर्णतया बदली तथा बागमती प्रदेश र प्रदेश १ मा आंशिकदेखि देखि सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशको नेपालगञ्ज लगायतका क्षेत्रमा असिना पानी परेको छ। सुदूरपश्चिमका केही क्षेत्रमासमेत असिना पानी परेको हो ।

प्रतिक्रिया दिनुहोस्