अभिनेता बच्चनको ट्विटर अकाउन्ट ह्याक, प्रोफइलमा इमरान खानको फोटो



बलिउड अभिनेता  अमिताभ बच्चनको ट्वीटर अकाउन्ट ह्याक भएको छ । उनको अकाउन्ट सोमबार राती ह्याक भएको हो । यसको जिम्मेवारी पाकिस्तान समर्थित टर्कीको टर्किस साइबर आर्मी अयिल्दिज टोलीले यसको लिएको छ ।

अमिताभको ट्वीटर अकाउन्टबाट तुर्की र पाकिस्तानसँग जोडिएको एक् सन्देश पोस्ट गरिएको छ । ह्याकर्सले अमिताभको ट्वीटर अकाउन्टको प्रोफाइलसमेत परिवर्तन गरिदिएको छ । अमिताभको प्रोफइल फोटोको साटो पाकिस्तानका प्रधानमन्त्री इमरान खानको फेटो लगाइएको छ  । उनको बायोमा लभ पाकिस्तान भनेर पनि लेखिएको छ । 

हैकर्स का किया ट्वीट

अमिताभ ट्वीटरमा निकै सक्रिय रहन्छन् र उनको ३.७४ करोड फलोअर्ससमेत रहेका छन् । 

यधपि बच्चनको ट्वीटर अकाउन्ट रिकभर भइसकेको छ र ह्याकर्सहरुले गरेका ट्वीट सबै हटाइएकाे छ । 

प्रतिक्रिया दिनुहोस्