भूतपूर्व सैनिक सम्मेलन-२०७८ सञ्चालन गर्ने तयारीमा सेना



काठमाडौं : भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुलाई लक्षित गरी चौथो चरणको ‘भूतपूर्व सैनिक सम्मेलन-२०७८’ सञ्चालन हुने भएको छ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोकत्वमा ‘भूतपूर्व सैनिक सम्मेलन-२०७८’ सञ्चालन हुन लागेको हो ।

सम्मेलन दिपायलस्थित श्री नं.५ बाहिनी अड्‍डामा, चैत्र ०९ गते दिपायलस्थित श्री नं.५ बाहिनी अड्‍डामा, १० गते धनगढीस्थित श्री भवानी दल गणमा, २० गते सूर्खेतस्थित श्री पश्‍चिम कमाण्ड हे.क्वामा र २१ गते नेपालगञ्‍जस्थित श्री नं.४ बाहिनी अड्‍डामा सञ्चालन हुने बताइएको छ ।

उक्त भूतपूर्व सैनिक सम्मेलनमा डडेल्धुरा, बाजुरा, बैतडी, अछाम, बझाङ्ग, दार्चुला, डोटी, कैलाली, कञ्‍चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, बाँके र बर्दिया जिल्लाहरुमा बसोबास गरी सोही क्षेत्रको बैंकबाट पेन्सन बुझिरहेका नेपाली सेनाका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरु सहभागी हुने नेपाली सेनाले विज्ञप्ति मार्फत जनाएको छ।

सम्मेलनमा भाग लिन पेन्सन पट्टा तथा सोको प्रतिलिपि-१ र पासपोर्ट साईजको फोटो प्रति २ सहित माघ २४ गतेदेखि २०७८ फाल्गुन ३० गतेसम्म नेपाली सेनाको युनिटमा गई नाम दर्ता गराउनु पर्ने छ ।

कामको सिलसिलामा अन्यत्र जिल्लामा रहेका व्यक्तिले नजिकको हिताधिकारी कल्याण केन्द्र र काठमाडौं उपत्यकाको हकमा महाराजगन्जस्थित नेपाली सेना कल्याणकारी बोर्डमा नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्