सन्धिखर्क खानेपानीले घटायो न्यूनतम महसुल



माघ। सन्धिखर्कमा खानेपानीको न्यूनतम महसुल घटाइएको छ। सन्धिखर्कमा खानेपानी सेवा प्रदान गरिरहेको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता मूल संस्थाले साबिकको मूल्यमा ५० कटौती गरी मासिक न्यूनतम शुल्क १५० कायम गरेको हो।

२०० रुपियाँ न्यूनतम महसुल लिइरहेको संस्थाले फागुन १ बाट लागू हुनेगरी मुल्य घटाइएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए।

माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो। बैठकले संस्थाको पाचौं अधिवेशन यही चैत्र १२ गते गर्ने निर्णय समेत लिएको कार्यालय प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए।

संस्थाले सदरमुकाम सन्धिखर्कका १ हजार ८ सय ४१ घरपरिवारमा पिउने पानी उपलब्ध गराउँदै आएको छ। जिल्ला सदरमुकाम सन्धिखर्कमा खानेपानी उपलब्ध गराउने यो एकमात्र संस्था हो।

प्रतिक्रिया दिनुहोस्