प्रभाव दैनिकका सम्पादक राईको निधन



काठमाडौँ । प्रभाव दैनिकका सम्पादक कमल राईको निधन भएको छ । ४५ वर्षीय पत्रकार राईको उपचारका क्रममा काठमाडौँको मित्रपार्कमा रहेको नेपाल–भारत मैत्री अस्पतालमा बुधबार राती निधन भएको हो ।

राती हृद्यघात भएपछि पत्रकार राईलाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले जनाएको छ ।

सम्पादक राई नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका कार्यसमिति सदस्य समेत हुन्।

प्रतिक्रिया दिनुहोस्