भक्तपुरकाे राधेराधेमा पुरुष‍काे शव फेला



भक्तपुर : मध्यपुर थिमि नगरपालिका–४ राधेराधेस्थित हनुमन्ते खोलामा एक पुरुषको शव भेटिएको छ। पहिचान हुुन नसकेको मंगाेलियन अनुहारको अन्दाजी ३२ वर्षीय पुरुषको शव खोलामा भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरले जनाएको छ। 

 

केही दिनअगाडि नै ती व्यक्तिको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्