प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा परियार नियुक्त



काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका थिए ।

प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् ।

गत २९ असारमा देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्