नेपाल भ्रमण नगर्न अमेरिकाले जारी गर्‍यो ट्राभल एड्भाइजरी



काठमाडौं । कोभिड–१९ विरुद्धको खोप नलगाएका आफ्ना नागरिकलाई नेपाल र भुटानसहितका मुलुकको अनावश्यक भ्रमण नगर्न अमेरिकाले आग्रह गरेको छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले नेपालसहितका ११ मुलुक र क्षेत्रमा अत्यावश्यक बाहेक काममा नजान ‘लेभल थ्री : हाइ’ सूचीको ट्राभल एड्भाइजरी जारी गरेको हो ।
नेपालसहित भुटान, ब्रुनाइ, ओमानसहित केही दक्षिण अफ्रिकी मुलुकको लागि सूचना जारी गरिएको हो । योसँगै अमेरिकाले लेभल ३ को सूचीमा राखेका मुलुकको संख्या ५३ पुगेको छ ।
भाइरसको उच्च संक्रमण भएका मेक्सिको, ब्राजिल, सिंगापुर, इक्वेडर, कोसोभो, फिलिपिन्स र पाराग्वेमा लेभल १ को ट्राभल एड्भाइजरी जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्