लागुऔषधसहित युटयुबर कार्की पक्राउ



काठमाडौँ : लागुऔषधसहित एकजना युटयुबर पक्राउ परेका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटबाट चेतन भ्लगबाट चर्चामा आएका उनलाई प्रहरीले ब्राउन सुगर र गाँजासहित १९ गते पक्राउ गरेको थियो ।

बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका ३७ वर्षीय कार्कीले चलाउने ०१-००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा लागूऔषध फेला परेको थियो ।

उनलाई चेकजाँच गर्दा उनको साथबाट ४.१३० ग्राम ब्राउनसुगर र करिब ७ ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीले कार्कीमाथि लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ । उनको युट्युब च्यानलमा ५ लाखभन्दा धेरै सब्सक्राइबर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्