इशा दोस्रो पटक आमा, छोरीको नाम मिराया



ईशा देओल दोस्रो पटक आमा बनेकी छिन् । उनले जून १० मा छोरीलाई जन्म दिइन् । ईशा र उनका श्रीमान् भारत तख्तानीले आफ्नी छोरीको नाम मिराया राखेका छन् । ईशाले आफ्नो इन्स्टाग्राममार्फत् यसबारे जानकारी दिएकी हुन् । 

ईशाले एक सुन्दर पोष्टमार्फत छोरीको जन्मको खुसी साझा गरिन् । यो पोस्ट सेयर गर्दै उनले लेखिन्, ‘तपाईंहरु सबैको प्रार्थना र प्रेमका लागि धन्यवाद ।’

ईशाको इन्स्टाग्राम पोस्टः

ईशाले आफ्नो दोस्रो गर्भको घोषणा जनवरीमा सोसल मिडियामार्फत् गरेकी थिइन् । उनले जेठी छोरी राध्याको एउटा फोटो सेयर गरेकी थिइन् जसमा लेखिएको थियो, ‘म चाँडै नै दिदी बन्न लागेकी छु ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Thank you very much for the love & blessings ??????♥️ @bharattakhtani3 #radhyatakhtani #mirayatakhtani

A post shared by Esha Deol (@imeshadeol) on Jun 10, 2019 at 9:11pm PDT

अक्टोबर सन् २०१७ मा भएको थियो छोरी राध्याको जन्मः

त्यसपछि उनले गत महिना आफ्नो बेबी सावरको फोटो सेयर गरेकी थिइन् । ईशाकी जेठी छोरीको जन्म अक्टोबर सन् २०१७ मा भएको थियो ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Esha Deol (@imeshadeol) on Jan 20, 2019 at 11:19pm PST

प्रतिक्रिया दिनुहोस्