सलमानको ‘किक २’ मा हुने छैनन् रोहित



मुम्बई : हिन्दी फिल्म अभिनेता सलमान खानको आगामी फिल्म ‘किक २’ को निर्देशन फिल्म निर्माता साजिद नाडियाडवालाले गर्ने भएका छन् । पहिले यो फिल्मको निर्देशनको जिम्मा रोहित सेट्टीले सम्हाल्ने खबर बाहिर आएको थियो ।

यो खबरलाई हल्ला साबित गर्दै साजिद नाडियडवालाको फिल्म निर्माण कम्पनीले यसबारेमा आधाकारिक जानकारी दिएको हो । केही समयअघि सम्म पनि फिल्मको निर्देशक रोहित सेट्टीले नै गर्ने भनिएको थियो ।

अब भने साजिदको कम्पनीका अनुसार यो फिल्मलाई साजिदले नै निर्देशन गर्ने पक्का भएको छ । फिल्ममा सलमान खानसँगै ज्याकलीन फर्नाडिसको पनि मुख्य भूमिका हुने बताइएको छ ।

Clearing the air, we strongly deny any reports of association of any other name as the director of Kick 2.

The next of the franchise, Kick 2 is with Nadiadwala Grandson Entertainment & will be directed by Sajid Nadiadwala.

— Nadiadwala Grandson (@NGEMovies) June 10, 2019

 

प्रतिक्रिया दिनुहोस्