आईपीएल : मुम्बईमाथि बैंगलोरको जित



काठमाडौँ : ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरसँग मुम्बई इन्डियन्स परािजत भएको छ । गएराति सम्पन्न खेलमा बैंगलोरले मुम्बईलाई ५४ रनले हराएको हो । दुबईमा बैंगलोरले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बई १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४३ रन बनाए । क्विन्टन डी ककले २४ रन बनाए । अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । बैंगलोरका हर्सल पटेलले ह्याट्रिकसहित ४ विकेट लिए । युजभेन्द्र चाहलले ३ तथा ग्लेन म्याक्सवेलले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।

बैंगलोरका ग्लेन म्याक्सवेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विराट कोहलीले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । श्रीकर भारतले ३२ रन जोडेका थिए । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । जितसँगै बैंगलोरले १० खेलमा १२ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्