दुई फाइटर्स एकै फिल्ममा भिड्दै, पाेस्टर सार्वजनिक



बलिउडका चर्चित अभिनेता ऋतिक रोशन र एक्सन हिरो टाइगर श्राफ एकसाथ एउटै फिल्ममा देखिने भएका छन्। यसराज ब्यानरले बनाउन लागेकाे फिल्म ‘फाइटर्स’मा यी दुई अभिनेतालाई सिद्धार्थ आनन्दले एकैसाथ लिएका हुन्। 

गत सेप्टेम्बरबाट छायांकन सुरु भएको यस फिल्मको नाम भने सार्वजनिक गरिएको थिएन। तर, अब भने फिल्मको नाम र यसका कलाकारहरुको नाम सार्वजनिक गरिएको छ। फिल्मलाई विभिन्न ६ वटा देशमा छायांकन गरिएको छ।

फिल्ममा ऋतिक र टाइगरको दुश्मनी देखाइएको छ। फिल्ममा ऋतिक र टाइगरका साथ नायिका बाणी कपुरको मुख्य भूमिका रहने छ । फिल्ममा बाणीले यी दुईसँग रोमान्स गर्ने भएकी छिन् ।ठूलो बजेटमा निर्माण हुने यस फिल्मबाट टाइगर र ऋतिकले पहिलो पटक सँगै काम गर्न लागेका हुन् ।

भारतीय मिडियाका अनुसार ऋतिकले यस फिल्ममा अभिनय गर्नका लागि ४८ करोड भारतीय रुपैयाँ लिएको खबर सार्वजनिक भएको छ । आफ्नो बडी र डान्सका कारण चर्चामा आउने टाइगर र ऋतिकलाई संगै हेर्न दर्शकहरु निकै उत्साहित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्