एक महिना नपुग्दै करोड क्लबमा ‘गलबन्दी’ को रेकर्ड



काठमाडौं : नेपाली लोकसंगीतमा एउटा उदाहरण बनेको छ 'गलबन्दी' । दर्शक तथा श्रोताहरुले मन पराए भने त्यसले सफलता पाउन लामो समय कुर्नै पर्दैन । त्यसैको ज्वलन्त उदाहरण बनेको छ 'गलबन्दी' । अहिले यो गीत नसुन्ने र नगुनगुनाउने नेपाली सायदै भेटिदैनन् ।  

गायक प्रकाश सपुत र गायिका शान्ती श्री परियारको आवाजमा रहेको यो गीतले सर्वाधिक चाडो एक करोड भ्यूज पाउने गीतको रेकर्ड बनाएको छ । गीत सार्वजनिक भएको आधा महिनामा नै यसलाई एक करोड भन्दा बढी पटक हेरिएको छ ।

यो गीतले भ्यूज मात्र होइन, दर्शक श्रोताको माया पनि उत्तिकै पाएको छ । प्रकाश सपुत र अन्जली अधिकारीले अभिनय गरेको यो गीतलाई ३ लाख ७ हजार भन्दा बढीले लाइक गरेका छन् भने करिब ३० हजार बढी कमेन्ट  आएको छ । साथै मोडल  अन्जली अधिकारीको अभिनयको पनि सबैले खुलेर तारिफ गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्