अनलाइन प्रणाली लागू भएको बिरोधमा प्रदर्शन



जनकपुरधाम : मालपोत कार्यालय जनकपुरमा अनलाइन प्रणाली लागू भएको बिरोधमा कार्यालयका लेखापढी व्यवसायीले प्रदर्शन गरेका छन् । मालपोत कार्यालयले आइतबारदेखि अनलाइन प्रणाली सुरु गरेको थियो । 

पुरानो ढाँचालाई मान्यता नदिइएको भन्दै लेखापढी व्यवसायीले भने विरोध गरेका हुन् । जग्गा नामसारीसहित अन्य प्रयोजनका लागि कार्यालयले पुराना फर्म रुजु गर्न नमानेपछि  प्रदर्शनमा उत्रनुपरेको नेपाल लेखापढी कानुन व्यवसायी एकाइ कार्यालय मालपोतका उपाध्यक्ष रित महतोले बताए । यसले आफूहरुको हकअधिकार कुण्ठित भएको व्यवसायीको जिकिर छ ।

लेखापढ़ी व्ययवसायीहरुले आफूहरुको मांग र अदलतको आदेश न माने आन्दोलनमा जाने बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस्