हिउँले ढकमक्क प्रमुख पर्यटकीय स्थल रारा



मुगु : रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल हो । यो ताललाई महेन्द्र तालको नामले पनि चिनिन्छ । समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको राराको आसपास यतिबेला हिमपातले चाँदी झैँ टल्किएको छ ।

चारैतिर हिमपातले सेताम्य बीचमा आकाश झैँ निलो तालले रारा रमणीय बनेको छ । राराको यो सुन्दरता हेर्न पछिल्लो समय आन्तरिक पर्यटकहरूको लर्को लाग्ने गरेको छ ।

रारामा यो वर्ष तेश्रो पटक हिमपात भएको हो । रारा आसपासमा करिब साढे २ फिटसम्म हिमपात भएका स्थानीयको भनाइ छ । यहाँको प्राकृतिक सौन्दर्य हेर्न देश विदेशबाट समेत पर्यटक आइरहेको सक्कबहादुर बुढाले बताए । यसले समग्र कर्णालीको पहिचान बढी रहेको आन्तरिक पर्यटक तेजेन्द्र सिंजालीले बताए ।

प्रतिक्रिया दिनुहोस्